गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्धारा अन्नपूर्ण आधार शिविरको अवलोकन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अन्नपूर्ण आधार शिविरको अवलोकन गरेका छन । शिविरको वातावरणीय पक्ष, पर्यटकको आगमन लगायतका विषयमा बुझ्न शुक्रबार बिहान मुख्य मन्त्री गुरुङ स्थलगत अवलोकनमा गएका हुन ।

अन्नपुर्ण हिमाल पर्याप्त पर्यटकीय सम्भावना बोकेको हिमाल भएकाले त्यस क्षेत्रको प्रचार प्रसार, प्रवद्र्धन र विकासमा गण्डकी प्रदेशले बिशषेग पथमिकतामा राख्ने मुख्यमन्त्री गुरुङले बताए ।

हिमालबारे स्थानिय जनप्रतिनिधीहरुले मुख्यमन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए ।
सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मौरिस हर्जोेगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेपछि मात्रै अन्नपूर्ण आधार शिविर ससारभरि चिनिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार