
विराटनगर । कोरोना महामारीकाबीच पनि सरकार जनताका समस्याप्रति उदासिन भएको भन्दै सरकारविरुद्ध प्रर्दशन भइरहेका छन् । बिहीबार काठमाडौं लगायत देशका विभिन्न ठाउँमा प्रर्दशनहरु भइरहेका हुन ।
कोरोना नियन्त्रण, पीसीआर जाँच तिर्व, आरडिटी जाँच रोक्ने लगायतका काममा सरकारले उदासिनता देखाएको भन्दै विराटनगरमा पनि सरकारविरुद्ध प्रर्दशन भएको छ ।
प्रदर्शनकारीले कोरोना रोकथाम तथा उपचारमा सरकारले १० अर्ब रुपैयाँ खर्च गरेको भन्नेबारे पनि हिसाब मागेका छन् । प्रदर्शनकारीले “१० अर्ब खोई, आरडीटी होइन पीसीआर परीक्षण, सरकार कि जाग कि छाड” आदि लेखिएको प्लेकार्ड बोकेका थिए ।
र्याली निकाल्दै प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र विराटनगर महानगरपालिकाको कार्यालय अगाडि जम्मा भएर प्रदर्शनकारी प्रदर्शन गरेका थिए ।











