
कैलाली । कोरोना महामारीका बेला कैलालीमा फेरी दुखद घटना घटेको छ । जिल्लाको गोदावरी नगरपालिका ६ लालपुरमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो बा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्युहुनेमा जोशीपुर गाउँपालिका २ का ३३ वर्षका गम्भीर कोटकेनी रहेका छन् ।
मृतकको साथबाट मतदाता परिचयपत्र भेटिएको र त्यसैको आधारमा सनाखत गरिएको प्रहरीले जनाएको छ ।










