कोरोना संक्रमणबाट बेलायतमा मात्रै ६७ नेपालीको मृत्यु


बेलायत । विश्वभर फैलिएको कोरोना संक्रमणबाट रोजगारीका लागि विदेशीएका नेपालीको उतै मृत्यु भइरहेको छ । कोरोना संक्रमणबाट बेलायतमा मात्रै अहिलेसम्म ६७ जना नेपालीले ज्यान गुमाएका छन् ।

गत जुन ३० तारेखमा गैरआवासीय नेपाली संघ यूकेले जारी गरेको तथ्याङ्कमा ६७ जना नेपालीले ज्यान गुमाएको उल्लेख छ । त्यस्तै नेपाली दूतावास लन्डनले अहिलेसम्म ६७ नेपालीले कोरोनाबाट ज्यान गुमाएको बताएको छ ।

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेमा पाँच दर्जन जति भूतपूर्व गोर्खा तथा तिनका परिवारहरु रहेका छन् । त्यस्तै बेलायतमा अहिलेसम्म २ हजार ३६ जना नेपाली कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये ८४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार