
भक्तपुर । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भक्तपुरमा सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरिएको छ । भक्तपुर नरगपालिकाले आज सरोकारवाला निकायसँग छलफल गरेर सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको हो ।
छलफलबाट संक्रमण समुदायस्तरमा फैलिन नदिन नगरभित्र सञ्चालन हुने छोटो दुरीका सार्वजनिक यातायातहरु बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
भोलीदेखि भदौ १५ गतेसम्मका लागि पूर्ण रुपमा भक्तपुर नगरक्षेत्रमा सार्वजनिक यातायात बन्द हुनेछन् ।










