
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदी पहिरोमा परी बेपत्ता भएकाहरुमध्ये थप ३ जनाको शव भेटिएको छ । योसँगै मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
पहिरोमा परी ११ जना अझै बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
गएको शुक्रबार बिहान घर माथिबाट आएको पहिरोले दर्जनबढी घर बगाउँदा ४९ जना बेपत्ता भएका थिए । अहिलेसम्म प्रहरीले १५ पुरूष र १३ महिलाको शव फेला पारेको छ । तीमध्ये १४ बालबालिका छन् ।










