होम आइसोलेसनमा बस्नेलाई प्रतिदिन ३५० दिने टोखा नगरपालिकाको निर्णय


काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बस्नेहरुका लागि प्रतिदिन ३ सय ५० रुपैयाँ दिने निर्णय गरेको छ । होम आइसोलेसनमा बसेका संक्रमितलाई सन्तुलित भोजनका लागि ३ सय ५० दिने निर्णय गरेको हो ।

बुधबार नगरपालिकामा बसेको कार्यपालिका बैठकले उक्त रकम उपलब्ध गराउने व्यवस्थाको लागि निर्णय गरेको हो । काठमाडौंको अस्पतालमा वेड अभाव हुनथाले पछि अब संक्रमितले घरमै बस्नुपर्ने अवस्था छ ।

अहिलेसम्म ८२ जना संक्रमित रहेको नगरपालिकाले आफ्नो नगरक्षेत्रका केही स्कुललाई आइसोलेसन बनाउने निर्णय पनि गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार