
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा समुदायस्तरमा को रोना फैलिएपछि थप जोखिम बढेको छ । स्वाब दिएका व्यक्तिहरु रिर्पोट नआउदै गाउँ डुल्न थालेपछि जोखिम बढेको हो ।
एकपछि अर्को व्यक्तिमा को रोना देखिन थालेपछि त्यहाँ अहिले सम्पर्कमा आएका व्यक्तिको खोजिको काम पनि जटिल बन्दै गएको छ । संक्रमण देखिएका व्यक्तिहरु आइसोलेसनमा नबसी हिडडुल गर्न थालेपछि समस्या भएको स्थानीय प्रशासनले जनाएको छ ।
अनिवार्यरूपमा होम आइसोलेसनमा नबस्ने र रिपोर्ट आउने समयसम्म स ङ्क्रमित व्यक्तिको हिँडडुलकै कारण अन्य व्यक्तिलाई पनि स ङ्क्रमण फैलिसकेकाले कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । अब स्वास्थ्य कार्यालयले स्वाब सङ्कलन गराएका सबै व्यक्ति अनिवार्यरूपमा होम आइसोलेसनमा नबसेको पाइएपछि स्वाब सङ्कलन गराउने सबै व्यक्तिको नामावली सङ्कलन गरी अनिवार्यरूपमा निगरानी गर्ने तयारी गरिएको छ ।
स्वास्थ्य कार्यालयका कर्मचारी, गाउँपालिका अध्यक्षसहित १ सय ७८ जना सं क्रमित रहेको उक्त ठाउँमा अझै सं क्रमितको संख्या बढ्ने छ । स्वाब दिएका व्यक्तिहरुको रिर्पोट आउन बाकीं रहेकाले अझै सं क्रमित बढ्ने डर छ ।










