भक्तपुरमा कोरोना संक्रमणबाट सुन व्यवसायीको मृत्यु


भक्तपुर । भक्तपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका १ दूधपाटीका ६५ वर्षीय पुरुष रहेका छन् ।

भदौ ११ गते कोरोना पुष्टि भएका उनको शनिबार राति मृत्यु भएको हो । मृतक पुरुष सुन व्यवसायीक भएको खुलेको छ । मधुमेह र उच्च रक्तचापका समेत बिरामी रहेका उनी सुनको पसल सञ्चालक भएको खुलेको छ ।

कोरोना पुष्टि पछि पनि होम आइसोलेसनमा बसेका उनको घरमै मृत्यु भएको परिवारले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार