
काठमाडौं । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं निवासी ६३ वर्षीय पुरुष र विराटनगरकी ४४ वर्षीय महिला रहेकी छन् ।
काठमाडौंका पुरुषको ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । त्यस्तै विराटनगरकी ति महिलाको कोशी कोभिड उपचार केन्द्रमा गएराति मृत्यु भएको हो ।










