बयलपाटा अस्पतालको हाडजोर्नी विभागलाई अछामी समाज जापानद्धारा आर्थिक सहयोग


अछाम । अछामस्थीत बयलपाटा अस्पतालको हाडजोर्नी विभागलाई अछामी समाज जापानले आर्थिक सहयोग गरेको छ । हाडजोर्नी सम्बन्धी अप्रेशनका लागी सहयोग होस भन्ने उदेश्यले समाजले आर्थिक सहयोग गरेको हो ।

अछामी समाज जापानले संकलन गरेको ५१ हजार १ सय ५१ रुपैया सहयोग साँफेबगर नगरपालिका ७ रिडिकोटका वडाअध्यक्ष मिठ्ठु भाटले हाडजोर्नी बिषेशज्ञ डाक्टर मन्दिप पाठकलाई हस्तान्तरण गरेका छन् ।

अस्पतालमा हाडजोर्नी सम्बन्धी अप्रेशनका लागी आर्थिक सहयोगको आवश्यकता परेको थाहा भएपछि रकम संकलन गरि पठाएको अछामी समाज जापानका अध्यक्ष लोकेन्द्र जंग कुँवरले अनमोल पोस्टलाई जानकारी दिएका छन् । उनले आफुहरुले पठाएको रकमले थोरै भएपनि गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास राखेको बताए ।

सहयोग रकम प्रदान गरेकोमा अस्पतालले अछामी समाज जापानलाई धन्यवाद दिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार