
सप्तरी । सप्तरीकी एक किशोरीलाई सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीका रञ्जित भनिने १८ वर्षीय सरोजकुमार मण्डल र बब्लु भनिने १९ वर्षीय सुमनकुमार मण्डल रहेका छन् ।
सामूहिक बलात्कार गर्ने दुई जना भने अझै बेपत्ता छन् । जिल्लाको डाक्नेश्वरी ७ की संगीता मण्डल खेतमा पानी हेर्न गएका बेला चार जनाले सामूहिक बलात्कार गरेका थिए ।
पक्राउ परेका दुई जना मुख्य आरोपी रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई बिहीबार साँझ सप्तरीको बलान बिहुल गाउँपालिका ४ बाट पक्राउ गरिएको हो ।
संगिताले भने बलात्कार भए पनि न्याय नपाएपछि त्यही दिन राति घरमै आत्महत्या गरेकी थिइन्। पञ्चायती गराएर जनहीँ २५,२५ हजार रुपैयाँ तिराउने फैसला गाउँलेले गरेपछि उनले आत्महत्या गरेकी थिइन्। पञ्चायती गराउने तीन जनालाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो।











