कैलालीमा महिला पत्रकार मृत फेला


कैलाली । कैलालीमा कार्यरत एक महिला पत्रकार मृत फेला परेकी छिन् । घोडाघोडी नगरपालिका ४ की २३ बर्षीया पत्रकार निर्मला पहराइ मृत फेला परेकी हुन् ।

उनी सोही नगरपालिकाको वडा नम्बर ५ स्थित जंगलको रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

निर्मला सोही नगरपालिकाको सुखडस्थित कैलाली एफएममा कार्यरत थिइन्।

भदौं २१ गतेदेखि सम्पर्क बिहीन उनी शुक्रबार मृत भेटिएकी छन् । घटनाबारे अनुसंन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार