
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ८ सय बढीमा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८ सय ५९ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित मध्ये काठमाडौंमा ६ सय ९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा कोरोना पुष्टि भएको छ ।











