
काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि देशका विभिन्न अस्पतालमा उपचाररत थप ८ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौंमा २० र ७४ वर्षीया पुरुष, भक्तपुरमा ८८, ललितपुरमा ७६, सप्तरीमा ६३, कैलालीमा ३० मकवानपुरमा ७४ र रुपन्देहीमा ७२ वर्षीया पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।











