
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ सय १७ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितमध्ये काठमाडौंमा ६४७, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जना रहेका छन् ।











