
काठमाडौं । कोरोना संक्रमणबाट विभिन्न ठाउँमा थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका २ र रुपन्देही र कपिलवस्तुका १, १ गरी थप चार जना रहेका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका ५ का ७३ वर्षीय पुरुष र हरिनगर गाउँपालिका २ का ५० वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै रुपन्देहीको देवदह नगरपालिका ११ का ५५ वर्षीय पुरुष र कपिलवस्तुको बुद्धभूमि नगरपालि १ की ५० वर्षीया महिलाको पनि आजै बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।











