शेयरको मूल्यमा वृद्धि

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । केहि दिन देखि ओरालो लाग्दै आएको शेयर बजारमा आज सुधार देखिएको हो । स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ६७ बिन्दुले बढेर एक हजार १७७ दशमलव ७७ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूचक १ दशमलव ३७ बिन्दुले बढेर २४९ दशमलव ९३ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १४८ कम्पनीको नौ लाख १४ हजार २३९ कित्ता शेयर रु ३० करोड १९ लाख ८७ हजार ६१६ मा खरीद बिक्री भएका छन् ।
कारोवार भएका कूल १० उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर घटेको छ भने आठ उपसमूहको शेयरमा वृद्धि भएको छ । उत्पादन १२ दशमलव ७६ तथा अन्य शून्य दशमलव शून्य चार बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ ४ दशमलव ६४, होटल १७ दशमलव ६५, विकास बैंक ७ दशमलव ६४, जलविद्युत् ५ दशमलव ३७, वित्त १ दशमलव २, निर्जीवन बीमा ८२ दशमलव ८८, लघुवित्त ११ दशमलव ५३ र जीवन बीमा ९२ दशमलव ६९ बिन्दुले बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार