
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली देशको संविधान र लोकतन्त्र सिध्याउन लागिपरेको आरोप लगाएका छन् ।
गण्डकी प्रदेशमा भइरहेको नयां सरकार गठनबारे प्रतिकृया दिंदै भट्टराईले भनेका छन्, “ओली भाइरस पोखरामा पनि सल्केको देखियो है। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो।”
जसपाको नेता समेत रहेका डा. भट्टराईले प्रधानमन्त्री ओली संविधान र लोकतन्त्रको पक्षमा नरहेकाले ओली भाइरसबारे कुनै भ्रममा नपर्न आग्रह गरेका छन् ।
“सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं । ओली भाइरसलाई सदाको निम्ति अन्त्य गरौं ! संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं”, उनले टुइट गरेका छन् ।
ओली भाइरस पोखरामा पनि सल्केको देखियो है। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो। अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं। सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं।ओली भाइरसलाई सदाकोनिम्ति अन्त्य गरौं! संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं!
— Baburam Bhattarai (@brb1954) June 12, 2021
यो पनि पढौं
जसपा र जनमोर्चाको समर्थनमा मुख्यमन्त्रीमा गुरुङको पनि दाबी, ओलीकै रणनीति अपनाए










