
कंचनपुर । कञ्चनपुरमा जारी लकडाउन असार १४ गतेसम्म लम्बिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा स्थानीय प्रशासनले असार १४ गतेसम्म लकडाउन लम्ब्याएको हो ।
थप भएको लकडाउनको समयमा अत्यावश्यक सेवा र अनुमति लिएर यात्रा गरिरहेका बाहेकका सबै प्रकारका सवारी साधन बन्द नै रहने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए ।
उनकाअनुसार अत्यावश्यक सेवाका पसल दैनिक बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खोल्न पाइनेछ । सरकारी कार्यालय, बैंक तथा वित्तीय संघसंस्था, गैरसरकारी संघसंस्थाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सञ्चालन गर्न पाइनेछ ।
भीडभाड हुने कुनै पनि कार्यक्रम, सभा सम्मेलन गर्नमा रोक नै लगाइएको छ ।










