लमजुङमा पनि सत्ता गठबन्धनको चुनावी तालमेल

काठमाडौं । लमजुङ जिल्लामा पनि सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेल हुने भएको छ । जिल्लामा कृयाशिल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी (जसपा) का जिल्ला नेतृत्वहरुको बैठकले लमजुङका आठ वटै स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिन कांग्रेस सभापति डा. टकराज गुरुङ, नेकपा माओवादी केन्द्रका संयोजक मधु अधिकारी (गुरुङ), एकीकृत समाजवादीका अध्यक्ष रामबाबु अधिकारी र जसपाका अध्यक्ष गमबहादुर तामाङद्धारा हस्ताक्षरीत संयुक्त प्रेस विज्ञप्तिमा केन्द्रको निर्णयअनुसार जिल्ला तहमा पनि तालमेल गरेर जाने निर्णय गरेका छन् ।

बैठकले गठबन्धनको निण्र्नय इमानदारीका साथ लागु गर्ने, गठबन्धनको मर्म र भावना अनुरुप सुमधुर सम्बन्ध कायम गर्न, गठबन्धन विरोधी आरोप प्रत्यारोप नगर्न, सामाजिक सन्जाल लगायत सञ्चारका माध्यमबाट गालीगलौज नगर्न आ–आफ्ना दलका नेता–कार्यकर्ताहरुलाई अपिलसमेत गरेको छ ।

पढ्नुहोस जारी विज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार