पोखरा महानगरको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णयपछि पार्टी कार्यालयमा तालाबन्दी

कास्की । पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णय गरेपछि कास्की काँग्रेस आन्दोलित भएको छ । सत्ता गठबन्धनका शिर्ष नेताहरुको बैठकले ६ वटा महानरमध्ये पोखरा एकिकृत समाजवादीलाई दिने निर्णय गरेको थियो ।

त्यसको विरोधमा नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय कास्कीमा तालाबन्दी गरिएको हो । आज बिहान कांग्रेसको पोखरा महानगर समितिको अगुवाई गएका स्थानिय नेता, कार्यकताहरुले तालाबन्दी गरेको नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेशबहादुर थापाले बताए । उनले कांग्रेस कार्यकर्तालाई अपमान हुने गरी एकीकृत समाजवादीलाई मेयर दिने निर्णय नसच्याउँदासम्म ताला नखोल्ने समेत बताए ।

केन्द्रमा गठबन्धनको निर्णयविरूद्ध आफुले स्वतन्त्र उम्मेदवारी समेत दिने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंमा काँग्रेस सभापति शेरबहादुर देउवाले कास्की कांग्रेस नेता थापा लगायतसंग भेटवार्ता गरेर गठबन्धनको मर्म, भावना बुझ्न आग्रह गरेका थिए । त्यसको अर्को दिन मंगलबार भएको गठबन्धन बैठकले महानगरपालिकाको भागबण्डाको टुंगो लगाउँदै पोखराको मेयर पद एकीकृत समाजवादीको भागमा परेको थियो ।

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार