
रुकुम पश्चिम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कांग्रेस एमालेको गठबन्धनलाई पछार्दै नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
मतपरिणाम अनुसार मेयरमा पुष्प वादी र उपमेयरमा इश्वरी शर्मा ९विएम० विजयी भएका छन् । वादीले ६ हजार ८८२ मत प्प्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमबहादुर वलीले ६ हजार ३११ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा माओवादीकै इश्वरले ७ हजार २ मत प्राप्त गर्दै विजयी भइन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार टंक प्रसाद ओलीले ५ हजार ७४४ मत पाए । चौरजहारी नगरपालिकाका अधिकांश वडा माओवादीले जितेको छ ।
रुकुम पश्चिमका ६ वटा पालिकाहरुमध्ये चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिका माओवादी केन्द्रले जितेको छ । नेपाली कांग्रेसले बाँफिकोट गाउँपालिका जितेको छ ।
जिल्ला सदरमुकामसमेत रहेको मुसिकोट नगरपालिका र आठबिसकोट नगरपालिकामा मतगणना जारी छ । मुसिकोटमा कांग्रेस र आठबिसकोटमा माओवादीका उम्मेदवारहरु अगाडि छन् । पूर्व रुकुममा भने भुमे, सिस्ने र पुथा उत्तरगंगा गरी तीनवटै गाउँपालिकामा माओवादी विजयी भइसकेको छ ।









