
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताबारे छानबिन उजुरी दिने समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले आफूलाइृ ज्यान मार्नेसम्मका धम्कीहरु आइरहेको बताएक छन् ।
लामिछानेको नागरिकता छानविन गर्नुपर्ने भन्दै गृह मन्त्रालयदेखि निर्वाचन आयोगमा उजुरी दिएका नेता सफलले विभिन्न माध्यमबाट आफुलाई ज्यान मार्नेसम्मका धम्कीहरु आइरहेकाले ज्यान सुरक्षाको माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएका छन ।
लामिछानेको नागरिकताको विषयमा निवेदन हालेदेखि नै आफूमाथि उच्चस्तरको सुरक्षा खतरा उत्पन्न भएको महसुस गरिरहेको उनको भनाई छ ।
‘सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर लगायतबाट ज्यान मार्ने सम्मको धम्की आउने क्रममा बढेको छ । विशेषतः रवि लामिछानेका समर्थक ,शुभचिन्तकबाट मेरो जिउ ज्यान ,मान ,सम्मान र प्रतिष्ठामा सुरक्षा थ्रेट आएको छ । आवश्यक कामको लागि बाहिर निस्कन समेत सुरक्षा चुनौतीका कारण समस्या भएकोले सो मुद्दा किनारा नलाग्दासम्म मलाई सुरक्षा व्यवस्था गराई दिनु यो निवेदन पेस गरेको छु, नेता सफलले गह मन्त्रालयमा दिएको निवेदनमा भनिएको छ’, ।
कानुनसम्मत कुरा उठाउँदा पनि मेरो जिउ ज्यानमा केही भएको खण्डमा त्यसको जिम्मेवारी रवि लामिछाने, उनका समर्थक र शुभचिन्तकले नै लिनपर्ने उनको भनाई छ ।









