आफ्नो कार्यालय परिसरको फोहोर आफैं व्यवस्थापन गर्न बालेनको आग्रह, नगरे जरिवाना गर्ने चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी तथा निजी कार्यालयहरुलाई आ–आफ्नो कार्यालय परिसरभित्रको फोहोरमैला आफै व्यवस्थापन गर्न आग्रह गरेको छ । महानगरपालिकाको वातावरण तथा कृषि विभाग टेकुले आज एक ३५ दिने सूचना जारी गर्दै सबै प्रकारका सरकारी तथा निज कार्यालयहरुले आफ्नो परिसरको फोहोर मैला आफैं व्यवस्थापन गरी सहरलाई सफासुघ्घर राख्न सहयोग गरिदिन आग्रह गरेको हो ।

त्यस्तो नगरेमा दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्चसमेत असुल्ने महानगरको चेतावनी छ ।

सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसर नियमित सरसफाइ नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोरमैलाले सहरको सुन्दरतामा ह्रास आएको महानगरपालिकाको ठहर छ ।

महानगरले जारी गरेको सूचना पनि पढ्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार