
धनुषा । धनुषामा सुतीरहेको समयमा आफ्नै श्रीमतीको विभत्स हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवलाई आफ्नै २७ वर्षीया श्रीमती रितादेवी यादवको गएराति ११ बजे घरमा सुतीरहेको समयमा बन्चरो प्रहार गरेर विभत्स हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हे।
बन्चरचे प्रहारगरी गम्भीर घाइते बनाएका विरेन्द्रले श्रीमतीलाई आफैले जनकपुरको काव्या अस्पताल पुर्याएका थिए । त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनाबारे प्रहरीले अनुसन्धान गर्दा विरेन्द्रले नै बञ्चरो प्रहार गरी हत्या गरेको र बन्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालेको पाइएको जिल्ल प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
विरेन्द्रले आफूले नै बञ्चरो प्रहार गरी हत्या गरेको स्वीकार समेत गरेको डिएसपी क्षेत्रीले बताए । विरेन्द्रले यसअघि श्रीमतीलाई कुटपिट तथा यातना दिँदै आएको स्थानियको भनाई रहेको प्रहरीले बताएको छ ।












