विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन


काठमाडौं । आइतबार पोखरामा भएको विमान दुर्घटनामा परी निधन भएका यात्रुहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ ।
सोमवार साँझ काठमाडौंको माइतीघर मण्डलामा भेला भएका विभिन्न क्षेत्रका ब्यक्तिहरुले विमान दुर्घटनामा परी निधन भएकाहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली दिएका हुन्। श्रद्धाञ्जली कार्यक्रममा विभिन्न पार्टी निकट भातृसंगठन, संघसंस्था लगायत सामाजिक अभियन्ता र सर्वसारधारणहरुले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका चालक दलका चार जना सहित ७२ जनाको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलनसहित श्रद्धाञ्जली दिएका छन् ।

माइतीघरमा भेला भएका युवा अभियन्ताहरुले पुराना थोत्रा विमानलाई उडानको अनुमती दिनु, उडान अघि चेकजाँच नहुनु, विमान संचालक कम्पनीको कतिपय लापरवाहीका कारण बर्षेनी नेपालमा विमान दुर्घटनाहरु भइरहेको बताएका थिए । पोखरा विमान दुर्घटनाको कारणबारे सरकारले सत्यतथ्य बाहिर ल्याउनु पर्ने माग समेत गरेका थिए ।

आइतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजे पोखराको सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । ७२ जना सवार विमानमा अहिलेसम्म ६९ मृत शरीर जम्मा गरिएको छ भने ३ जनाको खोजी कार्य जारी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार