
तनहुँ । अभिनेता पल शाहलाई जिल्ला अदालतले तनहुँले सफाई दिएको छ । एक नाबालिका गायिका बलात्कारको आरोप लागेका शाहलाई जिल्ला अदालत तनहुँले आज सफाइ दिएको हो । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो ।जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ। जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो।
तनहुँ अदालतबाट सफाई पाएपनि पलविरुद्ध ति गायिकाले नवलपुरमा पनि मुद्धा दिएकी थिइन् । नवलपुरको मुद्धा अथावत नैछ । यसअघि जिल्ला अदालत नवलपरासी पूर्वले शाहलाई बलात्कार मुद्दामा सफाइ दिदै बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो । त्यसपछि उक्त आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् । त्यसको सुनुवाई हुन् बाँकी छ ।
गत फागुन ११ गते नाबालिका गायिकाका बुबाले पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । त्यसपछि फरार रहेका पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए । पछिल्लो वयानमा ति गायिकाले वयान फेर्दै आफुलाई पलले बलात्कार नगरेको भनेका थिइन् ।
भिडियो पनि हेरौं











