
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट श्रमिकहरुले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९औं साधारणसभाको आज काठमाडौमा उद्घटन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशबाट श्रमिकहरुले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको बताएका हुन् ।
उनले विदेशमा जाने श्रमिकहरुको रगत र पसिनाले देश चलिरहेको समेत बताए ।
‘विदेशमा जाने श्रमिकहरुको रगत पसिनाबाट देश चलाउनु पर्ने अवस्था छ, त्यस कारण पनि हामीले तपाईहरुको कामलाई र ब्यवसायलाई विशेष रुपले हेर्नुपर्छ भन्ने बुझाईका साथ म र मेरो टिम यहाँ उपस्थित छ’, प्रधानमन्त्री प्रचण्डले भने ।
उनले श्रमिकको हक र हितको लागि वर्तमान सरकारले केही नयाँ गर्न चाहिरहेको समेत बताए। सरकार २०६४ ऐन संशोधनदेखि लिएर व्यवसायीहरूका समस्या समाधानका लागि प्रतिबद्द रहेको प्रचण्डले बताए। वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न व्यवसायीहरूले सरकारलाई सहयोग गर्नुपर्ने उनो भनाई थियो । सभामा उपस्थित ब्यवसायीहरुलाई प्रधानमन्त्री प्रचण्डले श्रमिक र ब्यवसायीहरुको हितमा काम गर्नका लागि सचिव पनि क्रान्तिकारी नै पाएको बताए ।
‘मलाई आज खुशी के लाग्यो भने, सचिव जि तपाईहरुले क्रान्तिकारी नै पाउनु भएछ । उहाँले यो ब्यवसायलाई सम्मानित बनाउनको लागि, पारदर्शी बनाउनको लागि लागिपर्नु भएको छ’, प्रधानमनी प्रचण्डले भने ।
उनले आफु दोस्रो पटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका श्रमिकहरुबारे स्वास्थ्य र विमाका बिषयमा ध्यान गएको र केहि सुरुवात गरेको स्मरण गराए । उनले श्रमिकहरुको हकअधिकारलाई उच्च प्राथमिकतामा राख्दै यसपटकको आफ्नो कार्यकालमा केहि नयां गर्ने योजना समेत रहेको बताए ।
भिडियो











