प्रधानमन्त्री र डा.रुइतबीच भेटघाट, तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालय बनाउने प्रतिवद्धता


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा। सन्दूक रुइतबीच भेटवार्ता भएको छ । आज भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले डा.सन्दूकको प्रस्तावपछि तिलगङ्गा आँखा केन्द्रलाई मानित विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक सबै सहयोग गर्नेसमेत प्रतिवद्धता व्यक्त गरे। विश्वविद्यालयका रुपमा विकास गर्न त्यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल गरिने प्रचण्डले बताएका थिए । सन्दूकसंगको भेटमा प्रधानमन्त्री प्रचण्डले मानवीय सेवाका लागि डा। रुइतले हालैमात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गरेकोमा बधाइ दिँदै उक्त सम्मानले नेपालको शीर उँचो राखेको समेत बताएका थिए ।

सन्द्यूकले पाएको उक्त अर्वाडले नेपालमा पनि अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन भन्ने सन्देश दिएको प्रचण्डको भनाई थियो । डा. रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचारका लागिसमेत नेपालमा नै औषधी उत्पादन गर्न सकिने सम्भावनाबारे चर्चा गरेका थिए । जसमा प्रधानमन्त्री प्रचण्डले आवश्यक सबै सहयोग रहेने प्रतिवद्धता गरेक थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार