भोजपुर । बालिका बलात्कार प्रयासपछि हत्या गरेको अभियोगमा भोजपुरमा एक जनालाई जन्मकैदको साजय सुनाइएको छ । जिल्ला अदालत भोजपुरले बुधबार साल्पासिलिछो गाउँपालिका–५ सालेवाका २० वर्षीय सञ्जय राईलाई उक्त अभियोगमा जन्मकैदको फैसला गरेको हो ।
जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजलासले राईलाई जबर्जस्ती करणी उद्योग र ज्यानसम्बन्धी कसुरमा जन्मकैदको सजाय सुनाएका हुन ।
राईले एक बालिकालाई गत भदौ १० गते बलात्कारको प्रयासपछि हत्या गरेका थिए । जन्मकैदसंगै अदालतले राईलाई एक लाख रुपैया क्षतिपूर्तिको फैसला समेत गरेको छ।