सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?


काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य आजसम्मकै उच्च मुल्यमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि गत फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सयमा कारोबार भएको थियो ।

हिजो प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय मूल्य उतारचढावअनुसार नेपालमा महासंघले मूल्य निर्धारण गर्दै आएको छ । नेपाली बजारमा आज चाँदीको मूल्य भने प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघजनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार