मिर्गौला दिवसमा प्रधानमन्त्रीले दिए यस्तो सुझाव

काठमाडौँ । आज विश्व मिर्गौला दिवस जनचेतनामुलक कार्यक्रमगरी सम्पन्न भएको छ । यहि अवसरमा महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल ९पीएसआरएन० र स्वतन्त्र विद्यार्थी युनियनले एक बिशेष कार्यक्रमको आयोजना गर्यो । बिहीबार बिहान आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका थिए ।

मिर्गौला सुरक्षित राख्नका लागि आयोजकहरुले पैदलयात्राको आयोजना भरेका थिए जसका प्रधानमन्त्री ओली सहभागी भएका थिए । मिर्गौला सुरक्षाका लागि प्रत्येक नेपालीले आफ्नो खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका थिए ।
प्रधानमन्त्री ओली आफैपनि मिर्गौला रोगी हुन । पछिल्लो समय नेपालमा मिर्गौला रोग ठुलो समस्याका रुपमा देखिन थालेको छ । उचिन खानपान, व्यायाम र यसबाट बच्ने अन्य उपायबारे जानकारी नहुँदा मिर्गौला बिरामी बढिरहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार