इलाम । इलाममा बालिकामाथी यौन दुब्र्यवहार गर्ने एक ब्यक्ती पक्राउ परेका छन ।
जिल्लाको सन्दकपुर गाउँपालिकाको सुलुबुङकी १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा स्थानीय ५० वर्षीय भीमप्रसाद पाठकलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई अपशब्द बोल्दै संवेदनशील अङ्ग समातेको आरेपमा पाठकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
बालिकाका आफन्तले शुक्रबार प्रहरीमा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरि कानून वमोजिक कारवाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक चूडामणि पौडेलले जानकराी दिए ।