विभेदका घटनामा आयोगको आपत्ति, अजित मिजारबारेको रिर्पोट एकहप्ता भित्र सार्बजनिक गर्न आग्रह (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय मानव आधिकार आयोगका सदस्य मोहना अन्सारीले अजित मिजारको बिषयमा प्रहरीले गरेको अनुसंन्धानको रिर्पोट एक हप्ता भित्र आयोगमा पठाउन आग्रह गरेकी छन् ।

समता फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको अन्तरराष्ट्रिय जाति तथा रँगभेद उन्मुलन दिवसको अवसरमा “जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि ६ महिने महाअभियान” को शुभारम्भ कार्यक्रममा बोल्दै सदस्य अन्सारीले प्रहरीसंग तीन वटा महत्वपुर्ण प्रश्नको जवाफ मागेकी छन् ।

अन्सारीले भनिन, ” प्रहरीलाई मैले आजको दिन भन्नुपर्ने एउटै कुरा छ, आयोगले अजित मिजारका सम्बन्धमा अनुसंन्धान गरेर पठाएको रिर्पोट प्रहरीले सार्वजनिक गर्यो की गरेन ? नगरेको भए के कारणले गरिएन ? अजित मिजारका सम्बन्धमा प्रहरीले गरेको अनुसंन्धान रिर्पोट आयोगमा पठाउनु भयो की भएन ? यि तीनवटा प्रश्न टिप्नुस र एकहप्ता भित्र यसको जवाफ पठाउनुस ।”

यदि यि प्रश्नहरुको जवाफ पाइएन भने आजको यो अभियानको शुभारम्भमा गरिएको प्रतिबद्धता फिक्का हुने सदस्य अन्सारीको भनाई थियो । सामाजिक न्यायका लागि उठिरहेका आवाजहरुको जवाफ राज्यसंग छ ? भनेर कार्यक्रममा उपस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितलाई उनले प्रश्न समेत गरेकी थिइन ।

अहिले पनि राजधानीमै जातकै कारण कोठा नपाइने र छुवाछूत हुने गरेको यर्थातलाई उल्लेख गर्दै सदस्य अन्सारीले यस्ता घटनाहरु सम्झौता र मोलमोलाईमा भन्दापनि कडा कारवाही हुनुपर्नेमा जोड दिइन ।

बैतडीमा अन्तरजातिय बिवाह गरेको पीडित जोडी न्यायका लागि अदालत जादाँ वकिलले मुद्धा नलेखि दिएको घटनाप्रती उनले आपत्ति जनाइन । त्यस्तो वकिललाई कारवाही गरिनु पर्छ उनले भनिन, “पीडितका मुद्धा नलेख्ने त्यस्ता वकिललाई पदमा बसिरहन आवश्यक छैन खारेज गरिनुपर्छ ।”

कार्यक्रममा सदस्य अन्सारीले आयोगको रिर्पोटका अनुसार प्रहरीमा जाने जातिय विभेदका घटनाहरु मेलमिलापमा लैजाने गरेको बताईन । जातिय विभेद जस्तो जघन्य अपराधका घटनाहरु मेलमिलापमा लैजाने त्यस्तो ब्यक्तीलाई समेत कडा कारवाही गरिनुपर्नेमा उनले जोड दिइन ।
भिडियो हेर्नुहोस

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार