अतिहिन्दूवादी मुख्यमन्त्रीले नेपालमा राजतन्त्र र हिन्दु धर्म हुनुपर्छ भनेपछि विप्लवको आपत्ति


काठमाडौँ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको अभिव्यक्तिप्रति नेकपा महासचिव विप्लवले आपत्ति जनाएका छन् ।

मुख्यमन्त्री आदित्यनाथले नेपालमा राजतन्त्र र हिन्दु धर्म हुनुपर्छ भनेर अभिव्यक्ति दिएपछि विप्लव आज एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

देशको सार्वभौमिकता,राजनीतिक स्वतन्त्रता र जनभावनामाथि गरिएको ठाडो हस्तक्षेप भएको विप्लव बताए । नेपालमा कस्तो राजनीतिक व्यवस्था हुने धर्म मान्ने कि नमान्ने अधिकार पूर्णतः नेपाली जनतामा रहेको विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार