अपडेटः हेलिकप्टर दुर्घटनामापरी निधन भएका मन्त्रीसहितको शव काठमाडौं ल्याइदै,

ताप्लेजुङ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामापरी पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित सवार सबैको मृत्यु भएको छ ।

पाथीभरा मन्दिरको दर्शन गरेर AS350 हेलिकोप्टर  फर्किदै गर्दा ताप्लेजुंगको फुङ्लिङ ननरपालीका १० फुरुङ्गे सिस्नेखोला नजिकै तारेढुंगा भिरमा हेलिकप्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामापरी मन्त्री अधिकारीसहित उनका अंगरक्षक अर्जुन घिमिरे, एअर कम्पनीका प्रवन्धक आङ्छिरिङ शेर्पा, नागरिक उड्यन प्राधिकरणमा उपमहानिर्देशक बीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै क्षेत्रीय निर्देशक धुब्र भोछिभोया , प्रधानमन्त्री कार्यालयका कर्मचारी श्याम दाहाल, र पाइलट प्रभाकर श्रेष्ठ रहेका छन ।

दुर्घटनामापरी मृत्यु भएका मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली घटनास्थल पुगेको छ ।

मन्त्री अधिकारीका आमाबुवालाई काठमाडौं ल्याइयो
हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका मन्त्री रविन्द्र अधिकारीका बुबाआमालाई पोखराबाट केहिबेरअघि काठमाडौं ल्याइएको छ ।
दुर्घटनाको खबर पाएलगत्तै आमा लक्ष्मी र बुबा इन्द्रलाई काठमाडौं ल्याइएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार