‘लिभिङ टुगेदर’ ले महिला पीडित बढ्दै

काठमाडौँ । ‘लिभिङ टुगेदर’ अर्थात बिहे नगरी महिला पुरुष संगसंगै बसिरहेको भनेर बुझ्ने । बिशेषगरी विदेशतीर यो प्रचलनका रुपमा रहेको पाइन्छ । तर, बिस्तारै नेपालमा यसरि बस्नेहरुको संख्या बढ्दै गइरहेको छ ।

गाँउघर त यस्तो देखिन्न तर, शहर बजारहरुमा भने पछिल्लो समय यसरि बस्नु एउटा फेसन जस्तै बनिसकेको देखिन्छ ।
‘लिभिङ टुगेदर’ फेसन बन्दै बढ्न थालेपछि अहिले यसका पीडितहरु न्याय खोज्दै प्रहरी र राष्ट्रिय महिला आयोगमा धाउन थालेका छन ।

यस्तो सम्बन्धमा बिशेषगरी महिलानै पीडित भई न्यायका लागि सम्बन्धित निकायमा उजूरी दिन पुग्ने गरेको आयोगले जनाएको छ ।
सुरुमा सहमतीमै संगै बस्ने पछि पारिवारीक समस्याका कारण पुरुषले धोका दिएको भन्दै महिलाहरु आयोगमा धाउने गरेको बताइन्छ ।

आयोगले त्यस्ता खालका उजूरीलाई घरेलु हिंसा अन्तर्गत लिने गरेको छ । आयोगको तथ्याङ्कअनुसार २५ प्रतिशत उजूरी शारीरिक यातनासँग सम्बन्धित छन् ।

त्यस्तै २९ प्रतिशत आर्थिक विषयसँग र १० प्रतिशत यौन यातनासँग सम्बन्धित छन् भने ३६ प्रतिशत उजूरी भावनात्मक यातनासँग सम्बन्धित छन् । चालु आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि फागुनसम्मको तथ्याङ्कअनुसार घरेलु हिंसाका उजूरी ८१८ र महिला हिंसाका १०७ गरी जम्मा ९२५ उजूरी परेका छन् ।

तथ्याङ्कअनुसार घरेलु हिंसाका उजूरी ८५ प्रतिशत छ भने महिला हिंसाका उजूरी १५ प्रतिशत छन् । सबैभन्दा बढी उजूरी दलित, जनजाति तथा पिछडिएको समुदायका महिलाबाट पर्ने गरेको देखिएको आयोगले बताएको छ ।

आयोगका अनुसार सबैभन्दा बढी महिला हिंसाका घटना काठमाडौँमा हुने गरेका छन् । ‘लिभिङ टुगेदर’ को समस्या यसरि बिकराल बन्दै जाँदा प्रहरी प्रशासनबाट रोकथामका लागि खास कुनै पहल भएको देखिदैन । हुन त नेपालको कानून अनुसार यसरि बस्नुलाई अवैधानिक सम्बन्ध ठानेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार