भारतीय चन्द्रयान –३ चन्द्रमामा सफल अवतरण


काठमाडौं । भारतीय चन्द्रयान–३ ले चन्द्रमामा सफल अवतरण गरेको छ । चन्द्रयान नेपाली समयानुसार बुधबार बेलुका ६ः१९ बजे चन्द्रमाको दक्षिण धुव्रमा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो ।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले एक महिनाअघि यानलाई प्रक्षेपण गरेको थियो । अवतरणसँगै भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिलो र चन्द्रमाको सतहमा चन्द्रयान सफलतापूर्वक अवतरण गर्ने चौंथो देश बनेको छ ।

यसअघि अमेरिका, तत्कालीन सोभियत संघ र चीनले सफलतापूर्वक चन्द्रमाको सतहमा यान प्रक्षेपण गरेका छन् । चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गर्ने योजनाका साथ उडेको रुसको लुना–२५ यान गत आइतबार चन्द्रमामा दुर्घटनाग्रस्त भएको थियो ।

उक्त घटनापछि चन्द्रयान–३ अवतरणका लागि वैज्ञानिकले सुरक्षित स्थानको खोजी गरेका थिए । अवतरणको दृश्यलाई इसरोले युट्युव र फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेको थियो ।

चन्द्रयान–३ को अवतरणपछि प्रधानमन्त्री मोदीले इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो) को नियन्त्रण कक्षमा उपस्थित र सम्पूर्ण भारतीयहरूलाई बधाई दिँदै ‘भारत अब चन्द्रमामा पुगेको’ बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार