काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना (एमसीसी) को विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज बसेको नेकपाको स्थायी कमिटी बैठकले एमसीसीविरुद्ध संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको पहिलो चरणको कार्यक्रममा संयुक्त गोष्ठी र मार्चपास तय गरेको नेकपाले जनाएको छ ।
पहिलो चरण अन्र्तगतको आन्दोलनका कार्यक्रममा काठमाडौंको लप्सिफेँदी, नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा एमसीसी विरोधीहरुको संयुक्त गोष्ठी हुनेछ । त्यस्तै असोज १ गतेदेखि १५ गतेसम्म मार्चपास गर्ने कायृक्रम रहेको स्थायी कमिटी सदस्य अनिल शर्मा बिरहीले जानकारी दिए ।
त्यसैगरी दोस्रो चरणको आन्दोलनका कार्यक्रम भने पार्टीको अर्को बैठकले निधारण गर्ने शर्माले बताए।
विवादका बीच बुधबारबाट नेपालमा एमसीसी कार्यान्वयनमा आइसकेको छ । अर्थ मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी
नेपाल र अमेरिकाका अधिकारीबीच एमसीसी सम्झौता पत्र आदानप्रदान भएपछि औपचारीक रुपमा कार्यान्वयनमा आएको हो ।
यो पनि पढौं