काठमाडौँ । इजरायलबाट नेपाली विद्यार्थी लिएर आउँदै गरेको नेपाल एयरलाइन्सको चार्टर विमान मध्यराती काठमाडौं अवतरण गर्दैछ ।
इजरायलबाट २५३ नेपाली नागरिक चढाएर नेपाली समयअनुसार बेलुका ५ बजेर १७ मिनेटमा उडेको विमान आज मध्यराती डेढ बजे त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गर्न लागेको हो ।
उद्धार गरिएको यो पहिलो लटमा इजरायलबाट नेपाल फर्कनेमा प्यालेस्टानी आतंकारी समुह हमासको आक्रमणमा जोगिएका नेपाली विधार्थी वीरेन्द्र चौधरी, प्रमोद केसी र धनबहादुर चौधरी लगायत २५३ जना नेपाली छन् । धनबहादुर चौधरी आक्रमणबाट घाइते विधार्थी हुन् ।
गत शनिवार बिहान हमासले आक्रमण गर्दा १७ जनाको समूहमा रहेका नेपालीविधार्थीमध्ये १० जनाको मृत्यु भएको थियो । मृतकको शव ल्याउने प्रक्रिया जारी रहेको रकेहि दिनमै ल्याइने सरकारले जनाएको छ।
उद्धारका लागि सरकारले पठाएको परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली बिहीबार बिहानै दुबई हुँदै इजरायलको विमान तेलअभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।