काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष कुल आचार्य नागरिकता पाउने पहिलो गैरआवासीय नेपाली बनेका छन् ।
नागरिकता ऐनअनुसार सरकारकातर्फबाट प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीलाई नागरिकता वितरणकार्यको सुरुवात गर्दै आर्चायलाई नागरिकता दिएका हुन् । गैरआवासीय नेपालीले नागरिकता पाउने पहिलो ब्यक्ति अध्यक्ष आर्चाय बनेका हुन् ।
त्यस्तै संघका अर्का अध्यक्ष बद्री केसीलाई पनि प्रचण्डले गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गरेका छन् ।
आज बिहान प्रधानमन्त्रको सरकारी निवास बालुवाटारमा एक कार्यक्रमको आयोजना गरि प्रधानमन्त्री प्रचण्डद्धारा गैर आवासीय नेपालीलाई नागरिकता वितरण गर्ने कार्यको शुभारम्भ गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताए । एनआरएनएसँग सम्बन्धित थुप्रै सवालहरूलाई सरकारले नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेको पनि बताए ।
नागरिकता प्राप्तिपछि अध्यक्ष आर्चायले फेरि मातृभूमिसंग जोडिन पाउँदा भावुक बनेको प्रतिकृया दिएका छन् ।
उनले गैरआवासीय नेपालीहरुले आफ्नो मातृभूमिलाई गुन तिर्न चाहेको बताउँदै आफुहरुसंग भएको स्रोत, साधन, सिप, अनुभव नेपालकको विकासका लागि प्रयोग गर्ने समेत बताए । अध्यक्ष आर्चायले आफुहरुको विश्वव्यापी सन्जालमार्फत मातृभूमिको सेवा गर्न पाउने मौका प्राप्त भएको पनि बताए ।
यसैबीच, आजै काठमाडौंमा सुरु भएको गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् ९एनआरएनएको० ११औँ विश्व सम्मेलनको अवसरमा गैरआवासीय नेपालीलाई नागरिकता दिनेसम्बन्धी नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रशंसा समेत भएको छ ।