काठमाडौं । लोकसेवा आयोगले एकैपटक ३८१ अधिकृत (अप्राविधिक) पदकाका लागि विज्ञापन प्रकाशित गरेको छ ।
आयोगले आज एक सूचना जारी गर्दै एकैपटक ३८१ अधिकृत (अप्राविधिक) पदकाका लागि विज्ञापन प्रकाशित गरेको हो ।
जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने फाइल बढुवा र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन गरिएको आयोगले जनाएको छ ।
आयोगले जेष्ठता र कार्यसम्पादन मूल्यांकनमार्फत हुने बढुवाका लागि निजामती सेवातर्फ १०६ जनाको लागि विज्ञापन प्रकाशन गरेको छ भने त्यस्तै मानवअधिकार सेवाका लागि २ जनाको यस्तो बढुवा हुनेछ ।
आयोगले २७३ जना अधिकृत नियुक्त गर्न खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन मागेको छ । निजामतीतर्फका सामान्य प्रशासन, राजस्व, लेखा, लेखापरीक्षण, परराष्ट्र समूहमा २०३ जना, न्याय सेवा (न्याय, कानून र सरकारी वकिल समूह) तर्फ ६८ जना र मावअधिकार सेवातर्फ २ जना अधिकृत माग गरेको हो ।
आयोगको सूचनाअनुसार पुस १७ गते सम्म अनलाइनमार्फत दरखास्त दिने अन्तिम मिति तोकिएको छ भने पुस २४ सम्म दोब्बर दस्तुर तिरेर पनि दरखास्त दिन सकिने छ ।
आयोगको सूचना पढौं