उपेन्द्र यादव अमेरिका भ्रमणमा, यता पार्टी फुट्यो, अशोक राईको नेतृत्वमा नयां पार्टी दर्ता हुँदै


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले नयां पार्टी दर्ता गर्ने भन्दै निर्वाचन आयोगमा जाँदैछन् । जसपाका वरिष्ठ नेता रहेका राईको नेतृत्वमा नयाँ दल गठन हुने बताइएको छ । राई निकट एक नेताका अनुसार आजै निर्वाचन आयोगमा नयां दल दर्ता गर्ने तयारी छ ।

जसपाका १२ जनामध्ये विभाजनको पक्षमा ८ जना सांसद उभिएको बताइएको छ । जसपा नेपालका अध्यक्ष एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादव  हाल अमेरिकाको भ्रमणमा छन् । उनी आज राति नेपाल फर्कने कार्यतालिका छ ।

जसपामा लामो समयदेखि विभिन्न बिषयमा विवाद हुँदै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार