काठमाडौं । दक्षिण कोरियाबाट रोजगारी गरेर फर्केका (कोरिया रिर्टनी) महिलाहरुलाई नेपालमै उद्यमी बनाउने प्रयास सुरु गरिएको छ । बिहीबार काठमाडौंमा दक्षिण कोरियाको के-हामी परियोजना र नेपाल सरकारको संयुक्त समन्वयमा कोरिया रिर्टनी महिलाहरुलाई तालिम दिएर उद्यमी बनाउने प्रयास सुरु गरिएको हो ।
कोरियाबाट फर्केका महिलाहरुका लागि पहिलो पटक काठमाडौंमा कोरियन लोकपृय परिकार किम्ची र गिम्वाव बनाउने तालिम दिइएको छ।
तालिममा सहभागी महिलाहरुले आफुहरुले कोरियामा सिकेको सीप, ज्ञान र अनुभव प्रयोग गरेर देश विकासमा टेवा पुर्याउन चाहेको बताएका छन् । उनिहरुले त्यसका लागि कोरिया र नेपाल सरकारले आफुहरुलाई सहयोग गर्नुपर्ने बताएका छन् ।
कोरियाबाट फर्केका अधिकांस महिलाहरु घरायसी कामकाजमै रहेकाले उनिहरुलाई उद्यमशीलतातर्फ डोर्याउनु पर्ने सहभागीहरुको भनाई थियो ।
देशका विभिन्न ठाँउबाट आएका करिब तीस जना कोरिया रिर्टनी महिलाहरुलाई उक्त तालिम दिइएको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाकी निर्देशक मैयाँ कँडेलले बताइन् ।
तालिममा सहभागी महिलाहरूलाई कोरियन महिला प्रशिक्षकले रायोको सागबाट किम्ची र भातमा अन्य कुरा मिसाएर गिम्वाव बनाउन सिकाएकी थिइन् ।
कोरियाबाट सीप, पुँजी सिकेर फर्केका नेपालीहरूलाई देशभित्रै पुनःएकीकरण गरेर उद्यमी, स्वरोजगार बनाउने उदेश्यले कार्यक्रम सुरू गरिएको निर्देशक कँडेलको भनाइ छ।
अबको सपना मातृभूमि भन्ने नाराका साथ नेपालमा सन् २०२४ देखि सुरु सुरू गरिएको उक्त परियोजना सन् २०२८ सम्म सञ्चालन हुनेछ।
कोरियाबाट फर्केकाहरूमा उद्यमशीलता विकास, रेमिटेन्सको सदुपयोग जस्ता विषयमा जानकारी गराइ पुनःएकीकरण गर्ने उद्देश्यले ८० लाख अमरिकी डलर ९एक अर्बभन्दा बढी नेपाली रूपैयाँ० को कार्यक्रम अघि सारिएको निर्देशक कँडेल बताइन् ।
निर्देशक कँडेलकाअनुसार कोरियाबाट फर्केकाहरूलाई यो परियोजनाले उद्यमशीलता,स्वरोजगार जस्ता काममा पुँजी समेत उपलब्ध गराउनेछ ।
उनले कृषि बैंकबाट २५ लाख अमेरिकी डलर र कोरियाबाट २५ लाख अमेरिकी डलर गरी कुल ५० लाख अमेरिकी डलरको कोष तयार गरि कोरियाबाट फर्केकाहरूलाई उद्यमशीलता उपलब्ध गराउन बिउ पुँजी उपलब्ध गराउने निर्देशक कँडेलले बताइन्।
तालिममा सहभागी कोरिया रिर्टनी महिलाहरुले उद्यम र व्यापार गर्न आफुहरुसंग आर्थिक लगायतका समस्याहरु रहेको बताएका थिए ।
कोरियामा ५ देखि १० बर्षसम्म काम गरेर फर्किका महिलाहरुमा थोरैले व्यापार, व्यवसाय र उद्यम गरिहेको सहभागीहरुले बताए छन् ।