सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, भोली बहसपछि आदेश


काठमाडौँ । उच्च अदालत पाटनमा जारि क्रिकेटर सन्दीप लामिछाने विरुद्ध मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । गौशाला २६ ले लामिछानेविरुद्ध दिएको जबरजस्ती करणी मुद्दामा आज दुबैतर्फका अधिवक्ताको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । बहसमा सरकारका तर्फबाट रत्नकेशरी महर्जन र उप न्यायाधिवक्ता प्रकाश घिमिरेले बहस गरेका थिए भने लामिछानेका पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ,कृष्ण सापकोटा, मुरारी सापकोटा,सरोजकृष्ण घिमिरे, रामनारायण विडारी र रोशनी पौडेल लगायतले बहस गरेका थिए। लामिछानेका पक्षका अधिवक्ताहरुले गौशाला २६ माथि बलातकार नभई राजीखुशीले शारीरिक सम्बन्ध भएको दाबी गरेका छन् ।

गौशाला २६ को मुद्धामा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई दोषी ठहर गर्दै ८ बर्ष कैद सजाय तोकेको थियो । उक्त फैसलाविरुद्ध सरकार र लामिछाने दुवै उच्च अदालत पाटन गएका थिए । गौशाला २६ ले २०७९ भदौ २१ गते लामिछानेले आफुलाई एक होटलमा लगेर पटक पटक बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार