काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेलले बालुवाटारमा रहेको जग्गा हिनामिनाका बिषयमा आफ्नो नाम जोडिएकोप्रती आपत्ती जनाएका छन् ।
बालुवाटारमा रहेको १ सय १३ रोपनी ३ आना सरकारी जग्गा घोटाला प्रकरणमा आफ्नो नाम मुछिएपछि उनले बुधबार एक प्रेस वक्तव्य जारि गर्दै उक्त समाचारप्रती आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन ।
जारी वक्तव्यमा भनिएको छ, “२०६१ पुस २९ गते प्रचलित कानुनवमोजिम बिक्री गर्ने ब्यक्तीको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्टेशन लिखित पारित गरी प्रचतिल कानुनवमोजिम लाग्ने राजश्व लिई रजिष्ट्रेशन पास गरिदिएको जग्ग खरिद गरी लिएको हुँदा समाचारमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा म र मेरो परिवारको सदस्यको कुनै संलग्नता नरहेको व्यवहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु ।”
मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा नेकपा महासचिव पौडेलको समेत ८ आना जग्गा रहेको समाचार बाहिरिएसंगै यसले ठुलो हलचल नै ल्याएको छ ।
२०७२ सालमा अर्थमन्त्री भएका बेला महासचिव पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरणमा कामनापा–४ बालुवाटारमा ८ आना जग्गा र ललितपुरको कार्यविनायक–२ मा ९ आना १ पैसा २ दाम क्षेत्रफलमा घर रहेको देखाइएको छ । दुवै ठाउँको घरजग्गा पौडेलका छोरा नवीनको नाममा रहेको देखाइएको छ।