लेखापाल सुरेश अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा, ४ श्रीमती, सासु र मामा समेत तानिए

काठमाडौं । यातायात व्यवस्था कार्यालय, इटहरीका लेखापाल सुरेश अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा परेको छ । लेखापाल भएको १० वर्षमा झण्डै ६ करोड खर्च तथा लगानी देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा हालेको  हाे ।

अख्तियारका अनुसार जागिर अवधिमा उनको बैध आम्दानी ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ मात्र हुन्छ । तर, उनको परिवारले गरेको खर्च र लगानी ५ करोड ९८ लाख ६८ हजार ५ सय ८ देखिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ अवैध आम्दानी गरेको अख्तियारको दाबी छ । अवैध आम्दानी चार श्रीमती दुर्गा अधिकारी, दीपा श्रेष्ठ (अधिकारी) सुस्मिता अधिकारी, सोममाया श्रेष्ठ, सासु पुष्पकुमारी निरौला र मामा बलराम शर्माकोे नाममा घरजग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद र बैंकमा रकम राखेको पाइएको छ ।

अख्तियारले अधिकारीसँगै ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०५९ असोज १६ गते रोल्पाको तेवाङ गाविसको सचिवबाट सरकारी सेवा सुरु गरेका उनले २०६० जेठ २६ देखि २०६५ चैतसम्म नेपाल टेलिकमको चौथो तहको सहायक स्तरको पदमा काम गरे । २०६५ चैतमा लोक सेवा आयोगको परीक्षा उतीर्ण गरेका उनी कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरमा काम गरेका थिए । २०६७ चैत २० देखि २०७४ वैशाख ६ गतेसम्म यातायात व्यवस्था कार्यालय कोशीको लेखापाल थिए ।

सरकारी सेवामा प्रवेश गरेको एउटा कर्मचारीले १५ वर्षमा समेत करोड कमाउन सक्दैन तर अघिकारीले लेखापाल भएको १० वर्षमा झण्डै ६ करोडको कारोबारो गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार