एउटा परेवा १५ करोड ५४ लाखमा बेचियो

एजेन्सी । एउटा परेवा (चरा) को कति होला ? हजार, दश हजार, बढिमा लाख । तर, बेल्जियममा एउटा परेवा १.२५ मिलियन यूरो अर्थात् १५ करोड ५४ लाख नेपाली रुपैयाँमा लिलाम भएको छ ।
यस अघि सबैभन्दा महँगोमा बिकेको परेवाको मूल्य ३.७६ लाख यूरो अर्थात् ४ करोड नेपाली रुपैयाँ थियो । अर्मान्डोको लिलामीले यो रेकर्ड टुटेको छ ।
अक्सन (लिलामी) हाउस पिपाले अर्मान्डो नामको यो परेवालाई ‘लामो दुरीको सबैभन्दा उत्कृष्ट बेल्जियमको परेवा बताएको छ ।
अर्मान्डोका लागि चीनका दुई खरिदकर्ताले लिलामीमा अत्यधिक बोली लगाएका थिए । एक घण्टामा यो बोली ५.३२ लाख यूरोदेखि १.२५ मिलियन यूरोसम्म पुगेको थियो ।

अर्मान्डो साधारण परेवा होइन । उसले आफ्नो करियरको अन्तिम तीन दौड जितेको थियो । २०१८ को ऐस पिजन च्याम्पियनशीप, २०१९ को पिजन ओलम्पियाड र अंलूलेम जितेकमो थियो। अर्नान्डो अहिले अवकाशको आनन्द लिइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार