कविताः ‘विचरा ज्यूँदो लास’
निर्मलाको श्रापले
तिम्रा आँखा, कान, नाक, छाला, जीब्रो
पाँचै इन्द्रीय बन्द हुने छन्
दिमाग भने चलिरहने छ
सपना भने देखिइरहने छन्
घृणा भने गन्हाइ रहनेछ,
तिरस्कार भने महसुस भइरहने छ
ग्लानीले भने चिमोटी रहनेछ
तर,
तिमी आफैले के बौल्दैछु
के सुन्दैछु,
के खाँदैछु,
के हेदैछु
के महसुस गर्दैछु
भन्ने चाल पाउने छैनौ
र,
मान्छेले तिमीलाई भन्नेछन्,
विचरा ज्यूँदो लास !
निर्मलाको श्राप भोगिरहेछ ।
बरिष्ठ पत्रकार– खेम भण्डारी